प्रदेश अस्पतालकको भित्री व्यथा, निर्माण भएको केहि समयमा नै चुहिन थाल्यो पानी

सर्खेत– कर्णाली प्रदेश अस्पतालको नयाँ भवनमा पछिल्लो समय ओपीडी सेवा र कोरोना भाइरस संक्रमित बिरामीको उपचार सेवा थालिएको दुई हप्ता भएको छ । बाहिरबाट हेर्दा चिटिक्क देखिने प्रदेश अस्पतालको नयाँ भवनमा स्वास्थ्यकर्मी र बिरामीले भने सास्ती बेहोरिरहेका भोग्नु परेको छ ।


म्याद भन्दा ६ महिना अगावै निर्माण सम्पन्न भएको भवनमा पानी चुहिने लगायतका समस्याले अस्पतालका बिरामी र स्वास्थ्यकर्मीले सास्ती बेहोर्न बाध्य भएका हुन । ४२ करोड बढी लागतमा निर्माण भएको भवन ‘फुल फेज’ प्रयोगमा ल्याएको दुई हप्ता नहुदैँ यसरी सास्ती बहार्नु परेको छ ।