सुर्खेतमा थपियो निषेधाज्ञा, उल्लंघन गरेमा एक महिना कैद 

सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ । कोभिड १९ को नयाँ भेरियल्ट सिहतको संक्रमण तिव्ररुपमा बढ्दै गईरहेको अवस्थालाई हेरि थप कडाईका साथ निषेधाज्ञा थपेको छ ।


जिल्ला प्रशासन कार्यालय सुर्खेतको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले शुक्रबार राती १२ बजेदेखि जेठ १५ गते राती १२ बजेसम्म लागु हुनेगरी निषेधाज्ञा थप गरेको हो ।  उक्त निषेधाज्ञा उल्लंघन गरेमा संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम एक महिना कैद वा एक सय रुपैया जरिवाना हुने जनाएको छ ।