नेपाललाई थप १० लाख डोज खोप अनुदान सहयोग गर्ने, चिनियाँ राष्ट्रपतिको घोषणा

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाललाई थप १० लाख डोज खोप अनुदान सहयोग दिने घोषणा गरेका छन् ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले उक्त प्रतिबद्धता जनाएका हुन् । चिनियाँ राजदुत होउ यान्छीले ट्वीट गर्दै राष्ट्रपति सीले टेलिफोन कुराकानीमा नेपाललाई अनुदान सहयोग अन्तर्गत १० लाख खोप दिने घोषणा गरेको जानकारी गराइन् ।

राष्ट्रपति भण्डारीले सीलाई नेपाललाई खोप आवश्यक परेको हुँदा नेपाललाई खोप खरिदको लागि सहजीकरण गर्नको अनुरोध गरेकी थिइन् । चीनले यसअघि नेपाललाई ८ लाख डोज खोप अनुदानमै दिएको थियो ।