कर्णालीमा कोरोना संक्रमित भन्दा निको हुनेको संङ्ख्या धेरै, २४ घण्टामा ४२३ जना संक्रमणमुक्त

सुर्खेत । कर्णालीमा पछिल्लो २४ घण्टामा गरिएको ४०९ जनाको आरटी पीसीआर परीक्षणमा १७१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै पछिल्लो २४ घण्टामा २७४ जना आइसोलेसनमा संक्रमित थपिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

यस्तै, कर्णालीमा हालसम्म १४ हजार ६०९ जनाले कोरोना संक्रमण जित्दा पछिल्लो २४ घण्टामा मात्रै थप ४२३ जना डिस्चार्ज भएका छन् । हाल कर्णालीमा सक्रिय संक्रमितको संख्या पाँच हजार ५९१ पुगेको छ ।