भेरी अस्पतालमा मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण, ३ जना नर्सले छतबाटै हाम फाले

बाँके । कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि नेपालगन्जको भेरी अस्पतालमा मृतकका आफन्तले स्वास्थ्यकर्मीलाइ नै लखेटे, घाँटी थिचेर हत्या गर्ने प्रयास गरेका छन । अस्पतालको कोभिड वार्डमा ड्युटी गरिरहेका चिकित्सक र स्टाफ नर्स लाई मृतकका आफन्तले लखेटिलखेटी आक्रमण गरेका हुन् ।

अस्पतालका अनुसार यही जेठ ४ गतेदेखि दाङ निवासी डिल्ली बहादुर रावतको उपचारका क्रममा बिहीबार हिजो राती ८ बजेतिर मृत्यु भयो । मृत्यु भए लगत्तै मृतकका भाई मान बहादुर रावत लगायतले चिकित्सक र स्टाफ नर्सलाई लखेटिलखेटी आक्रमण गरेका हुन् । प्रत्यक्षदर्शीका अनुसार त्यस क्रममा आफ्नो ज्यान जोगाउन ३ जना नर्सले छतबाटै हाम फालेका थिए ।

आक्रमणकारीले नर्स र चिकित्सकको घाँटी थिचेर हत्या गर्ने प्रयास गरेको पीडितले बताएका छन् । । भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले अस्पतालको कोभिड वार्डमा भएको घटना एकदमै दुःखत र अमानविय कार्य भएको बताएका छन् । भेरी अस्पतालको कोभिड वार्डमा यसअघि गत वैशाख अन्तिम साता तिर पनि स्वास्थ्यकर्मीमाथि हातपात भएको थियो ।