सुर्खेतमा थप १० दिन निषेधाज्ञा थपियो

सुर्खेत । सुर्खेतमा थप १० दिन निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासनका अनुसार सुर्खेतमा जारी निषेध आदेश २५ गतेसम्म थप गरिएको हो । आज बसेको कोरोना संटक व्यवस्थापन समितिको बैठकले २५ गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको हो ।

हाल सुर्खेतमा झण्डै तीन हजार सक्रिय संक्रमित रहेका छन् । बैशाख १४ गतेदेखि जारी भएको निषेध आदेश आज (शुक्रबार) एक महिना पुगेको हो ।