निजामति कर्मचारीको तलब मासिक २ हजार बढ्यो

काठमाडौं । सरकारले निजामति कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृद्धि गरेको छ ।

आर्थिक वर्ष २०७८ र ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका छन् ।

सबै राष्ट्रसेवक कर्मचारीलाई आगामी साउन १ गतेदेखि लागू हुनेगरी समान २ हजार रुपैयाँका दरले वृद्धि गरिएको पौडेलले बताए ।

उनका अनुसार यसअघि खाइपाई आएको महँगी भत्तालाई निरन्तरता दिइएको छ।