आउँदो आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट विनियोजन

 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८÷ ७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

जस अन्तर्गत चालू खर्चतर्फ कूल ६ खब ७८ अर्ब ६१ करोड, पूँजीगत खर्चतर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तिय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश र स्थानीय तहतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड बिनियोजन गरिएको हो ।

अर्थ मन्त्री विष्णु पौडेलले आउँदो वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी दिएका छन् ।