हुम्लामा कोरोना संक्रमणबाट पहिलो पटक एकजनाको मृत्यु

सिमकोट । कोरोना संक्रमणबाट हुम्लामा पहिलो पटक एकजनाको मृत्यु भएको छ । गएको एकसातादेखि लक्षण सहितको संक्रमण पुष्टि भएका सर्केगार्ड २ का ५५ वर्षका टोप्ले कामीको ज्यान गएको छ ।

गएको साता लक्षणसहितको संक्रमण पुष्टि भएका कामीको थप उपचारका लागि घोडामा जिल्ला अस्पताल सिमकोट ल्याउँदैं गर्दा बीच बाटोमै ज्यान गएको सर्केगार्ड गाउँपालिकाका अहेव ववरजंग पालले जानकारी दिए ।

गएको वैशाख १८ गते गरिएका एन्टिजेन परिक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हुम्लामा बुधाबारसम्म १६ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । उनका अनुसार कोरोनालाईजितेर ९२ जना घर फर्किएका छन् भने ७४ जना सक्रिय संक्रमित रहेका छन् ।