वायुको प्रभावका कारण आज दिनभरजसो नै मौसम बद्ली रहने, देशका पहाडी क्षेत्रमा हल्का पानी पर्ने

काठमाडौँ । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज दिनभरजसो नै मौसम बद्ली रहने र देशका पहाडी क्षेत्रमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।

आज राति पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ भने प्रदेश–१ का एक÷दुई ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन । भोलि पनि मौसम आंशिकदेखि सामान्य बद्ली भई फाट्टफुट्ट पानी पर्ने उनले बताइन् ।

पर्सिदेखि भने प्रि–मनसुन थप सक्रिय हुने र देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको छ । मनसुन सुरु हुने समय नजिकिएकाले मौसमी गतिविधि पनि थप सक्रिय हुँदै जाने मौसमविद् बासीको भनाइ छ ।

यसले गर्दा देशका धेरै ठाउँमा पानी पर्ने पूर्वानुमान गरिएको छ । नेपालमा जुन १० देखि मनसुन सक्रिय हुने गर्छ । यसपालिको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् ।