नीति तथा कार्यक्रम पास गर्ने बैठकमा तीन मन्त्री गएनन्

 

सुर्खेत । फ्लोक्रस गरेर मन्त्री बनेका एमाले तीन सांसद बजेट भाषणमा सहभागी हुने भएका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रम पास गर्ने संसदको अहिले बसिरहेको बैठकमा भने तीन मन्त्री सहभागी नभएका हुन् ।

बजेट भाषणको बेला भने संसद बैठहमा सहभागी हुने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले जानकारी दिए । ‘नीति तथा कार्यक्रम पास गर्ने क्रममा तीन जना मन्त्रीहरु सहभागी नभएका हौं तर बजेट भाषणमा हामी सहभागी हुन्छौं,’ मन्त्री बुढाले भने ।

उनले सरकार पक्ष भएकोले प्रतिपक्षको हैन् सत्तपक्षको कक्षमा बस्ने जानकारी दिए । संसदको आजको बैठकमा सांसद प्रकाश ज्वाला भने सहभागी छन् । उनी प्रतिपक्षको कक्षमा बसेका छन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिइरहेका छन् । जवाफपछि नीति तथा कार्यक्रम पास गर्ने कार्यसूचि छ । आज नै संसदमा बजेट पेश गर्ने कार्यसूची रहेको छ ।