कर्णालीमा ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक

सुर्खेत । कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि झण्डै ३६ अर्ब बढीको बजेट ल्याएको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउने संवैधानिक व्यवस्थाअनुसार आज आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।

योमध्य पूजिगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार, चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार र वित्तियतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार रहेको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउने गरी बजेट बक्तव्य सार्वजनिक भएको छ ।