पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि दिल्ली लगियो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका पूर्वअध्यक्ष झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ ।

स्वास्थ्यमा देखिएपछि नर्भिक अस्पालमा उपचाररत खनाललार्य थप उपचारका लागि नयाँ दिल्ली लगिएको हो । खनाल नेपाल वायु सेवा निगमको उडानबाट दिल्ली जानुभएको हो ।

रगतमा हेमोग्लोबिनको कमी देखिएका खनाललाई ज्वरोसँगै थकान महसूस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिए पछि जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । खनाल केही समयअघि मात्रै कोभिड–१९ संक्रमणबाट मुक्त हुनुभएको थियो ।