पछिल्लो २४ घण्टामा २ हजार ८२८ संक्रमित थपिदा ५२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८२८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ८७ पीसीआर र ४ हजार ३ सय ३५ एन्टिजेन गरि कुल १३ हजार २२ जनाको परीक्षण गर्दा २ हजार ८२८ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ५२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् ।