सल्यानको संघार खोलामा आएको बाढी बस्तीमा पस्दा २० घर विस्थापित

सल्यान । जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ र शारदा नगरपालिका १३ को सिमानामा रहेको संघार खोलामा आएको बाढी बस्तीमा पस्दा २० घर विस्थापित भएका छन् ।

हिजो साँझ बाढी बस्तीमा पसेपछि सांघारका २० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

विस्थापित २० घरपरिवार आफन्तको घरमा बसिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद श्रेष्ठले जानकारी दिए ।