दाङमा ट्र्याक्टरको ठक्करबाट एक जनाको ज्यान गयो

दाङ – दाङमा ट्र्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

घोराही तुलसीपुर सडक खण्ड अन्तर्गत कपासिबगियामा ट्र्याक्टरले ठक्कर दिँदा घोराही १६ का ४७ वर्षीय खलसिंह विकको ज्यान गएको हो ।

उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ठक्कर दिने रा १ त ३२६९ नम्बरको ट्र्याक्टर र चालक प्रहरीले नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।