कोरोना संक्रमणबाट पुर्व सञ्चार राज्यमन्त्री तप्त विष्टको निधन

सुर्खेत । पूर्व सञ्चार राज्यमन्त्री तथा संविधान सभा सदस्य समेत रहेका तप्त बिष्टको निधन भएको छ ।

कोरोना संक्रमण भएपछि उपचारका लागि काठमाडौंको मेडीसिटी अस्पतालमा आज बिहान ५ बजे उनको निधन भएको विष्टका भाई दल विष्टले जानकारी दिएका छन् ।

पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट पूर्व संविधान सभा सदस्य थिए । उनी पूर्व सञ्चार राज्यमन्त्री पनि हुन् । विष्ट नेपाली काँग्रेस सुर्खेतका पूर्व पार्टी सभापति र पूर्व जिल्ला विकास समितिका उप सभापति समेत हुन् ।