काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी गरिएको छ । कोरोनाभाइरसको संक्रमण घट्दै गएपछि यसको जोखिक अझै रहेको भन्दै केही खुकुलो गरी निषेधाज्ञा थप्ने तयारी गरिएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाका अनुसार निषेधाज्ञालाई केही खुकुलो पारी थप एक सातादेखि दस दिन सम्म थप्ने तयारी गरिएको छ ।

निषेधाज्ञा थप्ने बिषयमा आइतबार तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । जारी निषेधाज्ञाको समय सोमबार सकिँदैछ ।