काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ६० हजार भन्दा कम नयाँ संक्रमित फेला परेका छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ५८ हजार ४ सय १९ नयाँ संक्रमित फेला परेका हुन् । यो बितेका ८१ दिन यताकै सबैभन्दा कम संख्या रहेको मन्त्रालयले जनाएको छ ।
नयाँ संक्रमित भेटिने क्रम घटेसँगै मृत्युदरमा पन कमि आएको देखिएको छ । बितेको २४ घण्टाको अवधिमा १५७६ जना संक्रमितको मृत्यु भएको छ ।
यो अवधिमा ८७ हजार ६ सय १९ जना संक्रमणमुक्त भएका छन् ।
ए.के. सञ्चार । ६ असार २०७८, आईतवार १०:२४