कर्णाली प्रदेशमा कोरोना भाइरसबाट ३ सय जनाको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ३०० पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोनाका दोस्रो लहर फैलिएसँगै मृत्युदर ह्वात्तै बढेको हो ।

पहिलो लहरमा ४० जनाको मृत्यु भएकामा दोस्रो लहर सुरु भए पछि मृतकको सङ्ख्या बढेर ३०० पुगेको हो ।

प्रदेशमा हालसम्म २४ हजार ३४३ जनाले कोरोना सङ्क्रमण जितेका छन् । पछिल्लो चौबिस घण्टामा ३९२ बिरामी सङ्क्रमणमुक्त भएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको अद्यावधिक तथ्याङ्कअनुसार २७ हजार ४२१ कूल सङ्क्रमितमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ५८२ रहेको छ ।