अन्तर्राष्ट्रिय र आन्तरिक उडान कोटा तोकेर खोल्ने सरकारको निर्णय

काठमाण्डौ । सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक उडान कोटा तोकेर खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक तर्फ कुल उडान संख्याको आधा र अन्तर्राष्ट्रियतर्फ नियमित हवाइ उडान सञ्चालन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् । उडानसम्बन्धी तालिका र विस्तृत विवरण बुधबार दिइनेछ ।

सरकारले कोरोना महामारीका कारण जारी निषेधाज्ञा खुकुलो बनाउँदै लगेको सन्दर्भमा उडान पनि खोल्ने निर्णय गरेको हो । सरकारले सार्वजनिक यातायात खोल्ने सम्बन्धमा भने हालसम्म कुनै निर्णय गरेको छैन ।