कर्णाली प्रदेशमा भोली सार्वजनिक विदा

सुर्खेत । कर्णाली प्रदेशमा भोली सार्वजनिक विदा दिइएको छ । कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा सार्वजिनक विदा दिइएको हो ।

जुम्ला बाहेक नौं जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरूमा सार्वजनिक विदा दिइने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले जानकारी दिए ।