हुलाकका चिठ्ठीपत्र नेपाल एयरलाइन्सले ओसारप्रसार गर्ने

काठमाडौं । आजदेखि हुलाकका चिठ्ठीपत्र नेपाल एयरलाइन्सले ओसारप्रसार गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा ओसारप्रसार हुने चिठ्ठीपत्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगममार्फत हुने भएको हो ।

 

यसअघि मंगलबार निगम र हुलाक सेवा विभागबीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्रहरु ओसारप्रसार गर्ने सबन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

 

सम्झौतामा नेपाल वायुसेवा निगमको तर्फबाट महाप्रबन्धक डिमप्रसाद पौडेल र हुलाक सेवा विभागका तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेका थिए ।