कर्णाली प्रदेशसभा बैठक एमालेद्धारा अवरुद्ध

सुर्खेत । कर्णाली सरकारमा नेकपा एमाले प्रमुख प्रतिपक्षी दलका रुपमा छ । एमालेकै तीन जना भने सरकारमा सामेल भइ मन्त्री भएका छन् । सत्ता पक्ष र प्रतिपक्षी एमालेकै कारण कर्णालीमा पटक पटक बैठक अवरुद्ध हुँदै आएको छ ।

आज शुक्रबार पनि बैठक एमालेद्धारा अवरुद्ध भएको छ । बैठक असार २४ गते विहिबार दिउँसो २ बजेसम्मको लागि स्थगित भएको सभामुख राजबहादुर शाहीले बताए ।

बैशाख ३ गते एमालेबाट चार जनाले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि एमालेमा विवाद् भने आइरहेको छ । विश्वासको मत दिएर मन्त्री बन्नेमा अम्मरबहादुर थापा, कुर्मराज शाही, नन्दसिंह बुढा हुन् । भने प्रकाश ज्वाला ब्याक भए । यसबीचमा थुप्रै घटनाहरु घटेका छन् ।

एमाले संसदीय दलले मन्त्रीलाई पटक पटक राजीनामा दिने निर्देशन दिएपनि मन्त्रीले वेवास्ता गरिरहेका छन् । माओवादी नेतृत्वको कर्णाली सरकारमा तीन जना मन्त्री स्टिल एमालेका छन् ।

उनीहरु सत्ताकै सिटमा छन् । भने कर्णालीमा प्रमुख प्रतिपक्षी पनि एमाले नै हो । एक एमाले सत्तामा एक एमाले प्रतिपक्षीमा हुँदैन् भन्दै कर्णालीमा पटक पटक सभाको बैठक एमालेले अवरुद्ध गर्दै आएको छ ।

मन्त्री बनेकाहरु प्रतिपक्षीको सिटमा नबसेसम्म बैठक अवरुद्ध नै हुने एमालेको अडान छ । शुक्रबार अवरुद्ध बैठक पनि त्यसैको सार हो । मन्त्री भएका एमाले माधव समूहका हुन् । उनीहरुलाई एमालेले पार्टीबाट एक महिनाको लागि निलम्वित गरेको छ । अझै पनि तीन जना माओवादी सरकारमा सामेल छन् । समर्थन छन् ।