सुर्खेतमा ५३ जनाले गरे रक्तदान

सुर्खेत । कर्णालीका दुरदराजमा रहेका बिरामीहरुले १ थोपा रगत नपाएर मृत्यु नहोस भन्ने उद्देश्यले शनिवार ( हिजो ) रक्तदान गरिएको छ ।

रक्तदान जीवनदान, आत्मज्ञान अति महान सेवा गर्ने हाम्रो अभियान भन्ने नाराका साथ नेपाल मानव धर्म सेवा समितिले रक्तदान गरेको हो ।

मानव धर्म सेवा समिति कर्णाली प्रदेश सुर्खेत, नेपाल विद्यार्थी संघ र नेपाल रेडक्रस सोसाईटिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए ।