आज १५ औं गणतन्त्र दिवस, कर्णाली प्रदेशमा बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै

सुर्खेत । आज १५ औं गणतन्त्र दिवस देशभर बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै छ । विसं २०६५ जेठ १५ गते संविधान सभाबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय भएको थियो ।

सोही दिनको स्मृतिमा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको रूपमा मनाइँदै आइएको छ । त्यस्तै कर्णाली  सरकारले पनि प्रदेशमा विभिन्न कार्यक्रमहरू आयोजना गरी दिवस मनाइरहेको छ । वीरेन्द्रनगरको मंगलगढीचोकबाट शुरु गरिएको प्रभातफेरि सभा हलमा पुगेरमा कार्यक्रमको आयोजना गरिएको हो ।