काठमाडौं । काठमाडौंं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप भएको छ ।
बिहीबार (आज) बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले फेरि १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन् । होम डेलिभरी र टेक अवे सेवा पनि बेलुका ७ बजेसम्म गर्न पाइने भएको छ ।


प्रकाशित मिति : २०७८ असार ३१ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्