खुकुलो नागरिकता प्रावधानका कारण नेपालमा सङ्गठित अपराध बढ्ने छ– खिमलाल देवकोटा

काठमाडौं ।नागरिकतासम्बन्धी विधेयकको खुकुलो प्रावधानले नेपालमा सङ्गठित अपराध बढ्ने चिन्ता थपिएको राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले बताएका छन् । आज राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा बोल्दै सांसद देवकोटाले विधेयकमा वैवाहिक अङ्गीकृतको सम्बन्धमा खुकुलो प्रावधान राखिएको बताएका छन् ।

भारतमा छोरीलाई विवाह गरेर पठाएमा सात वर्षसम्म कुर्दा केही नबोल्ने नेपालीले विदेशी बुहारीलाई नागरिकता दिन भने ६ महिना पनि कुर्न नसकेको टिप्पणी गगरेका छन् । यो प्रावधानले नेपालमा सङ्गठित किसिमको अपराध बढ्ने उनको भनाई छ ।

उनले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष निवेदन दिनुपर्ने र त्यसरी निवेदन दिँदा विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेस गर्नुपर्ने व्यवस्था रहेको बताए ।