दैलेखमा भिरबाट लडेर एक जनाको मृत्यु, एक घाइते

दैलेख । दैलेखमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

भिरबाट लडेर भगवतीमाई गाउँपालिका वडा नम्बर ४ की १७ वर्षीया टीका बीसीको ज्यान गएको हो ।

यस्तै स्याउली पाखामा घाँस काट्दै गर्दा चिप्लिएकी १५ वर्षीया रोशनी थापालाई समाउन खोज्दा रोशनीसँगै भिरबाट खसेर टीका बीसीको ज्यान गएको प्रहरीले जनाएको छ । ढाड र टाउकोमा चोट लागेकी रोशनीलाई उपचारका लागि सुर्खेत ल्याइएको छ ।