आज सुनको मुल्यमा गिरावट, कति पुग्यो तोलाको ?

काठमाडौं । आज नेपाली सुन, चाँदी बजारमा सुनको मुल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम भएको छ । शुक्रबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आजतेजावी सुनको मुल्य तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मुल्य पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ । शुक्रबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय रुपैयाँमा निर्धारण भएको छ ।