रंगीन महिनामा रंगीन दृश्यहरु, (फोटो फिचर)

सुर्खेत । असार महिना सकिए सँगै श्रावण अथवा साउन महिना शुरु भएको छ । यस महिनालाई धर्मको महिना पनि भन्छन् ।यसै महिनाका विभिन्न तिथीमा हरितालीका तिज, रक्षाबन्धन, नागपञ्चमी आदि थुप्रै महत्वपूर्ण चाडहरु सुरु हुदैछन् ।

यो महिना भगवान शिवको महिना पनि हो । यसै कारणले यस महिनाको हरेक सोमबार अविवाहित महिलाहरुले व्रत बस्ने र राम्रो वर पाउँ भनि शिवको आराधना गर्ने चलन रहेको छ ।

यस महिनालाई रंगीन महिना पनि भनिन्छ । हरियो रङ्गमा यस पर्वको विशेष अर्थ रहेको पाइन्छ । आफूले चाहेजस्तो जीवनसाथीको आकांक्षा र यसका अलावा परिवारजनमा सुख, शान्ति र कान्ति छाइरहोस् भनेर पनि रंगीन चुराहरु लाउने गरिन्छ ।

साउनको पहिलो दिन साउने सङ्क्रान्तिमा सुर्खेतमा पनि हरियो परिहन, हरियो  चुरा हात भरि मेहन्दी लगाएर पुजापाठ गरेर परिवारजनसँगै रमाइलो गरेर मनाइरहेका छन् ।

साउनमा हरियो पहिरनमा सजिएका महिलाहरु