सुर्खेतमा खुकुरी प्रहार, एक जना घाइते

सुर्खेत । बीरेन्द्रनगर नगरपालिका- १२ चनौटेमा तिन जना व्याक्तिहरूकाे समुहले खुकुरी प्रहार गरेका छन् । भेरिगंगा नगरपालिका १३ बस्ने बर्ष २७ का कर्ण बहादुर रसाईलीलाई धारिलो हतियार प्रहार गरी घाईते बनाएका हुन् । घाईतेको नर्सिङहोममा उपचार भईरहेको छ । घाईतेको अवस्था गम्भिर रहेको प्रहरीले जनाएकाे छ ।

हतियार प्रहार गर्ने बिरेन्द्रनगर नगरपालिका-१२ बस्ने बर्ष १७ का अर्जुन बि.क. र साेहि ठाउँका बर्ष १९ का रामपुर्ण रानामगरलाइ एक थान खुकुरी सहित नियन्त्रण्मा लिएको छ । अर्का एक जना व्यक्ति फरार भएकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । फरारकाे खोजी भइरहेकाे छ ।