देशभर २ हजार ४ सय ४५ जनामा कोरोना पुष्टि, ३२ जनाको ज्यान गयो

काठमाडौँ — पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३३ पीसीआर परीक्षणमा सोमबार थप २ हजार ४ सय ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार दुई सय ५८ जना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३३ हजार ३ सय ३२ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ५८२ पुगेको छ ।