सुर्खेतमा भाइरल रोड पुग्नेको भीड (फोटो फिचर)

सुर्खेत । वीरेन्द्रनगरको देउती बज्यै कुन्टि चौकेढुंगा जोड्ने सडक अहिले भाइरल बनेको छ । सामाजिक संजालमा सडक भाइरल बनेपछि टिकटक भिडियो बनाउने र फोटो खिच्नेहरुको भिड बढ्न थालेको हो ।

आर्थिक वर्ष २०७७, ७८ मा संघिय संरकारको मातहतमा सहरि विकाश तथा भवन निर्माण कार्यालय मार्फत निर्माण कम्पनी श्याम एण्ड शंकर कन्सक्सन प्रा।लि ले उक्त सडकको निर्माण कार्य सम्पन्न गरेको हो ।

पछिल्लो पटक सो सडक छोटो समयमा चर्चामा आएको छ । एकान्त र हरियाली रमणिय भएकाले पनि यो सडकमा फोटो खिच्ने तथा टिकटक भिडियो बनाउनेहरुको लस्कर लागेपछि भाइरल बन्दै गएको हो ।

सुर्खेतमा भाइरल रोड पुग्नेको भीड