सुनथराली हुदै मान्म जोड्ने केबुलकार निर्माण हुने

कालिकोट । नरहरिनाथ गाउँपालिका १ को कोडवाडा सुनथराली हुँदै सदरमुकाम मान्म जोड्ने केबुलकार बन्ने भएको छ। सोमबार (हिजो) केबलकारको सम्भाव्यता अध्ययनको छलफल कार्यक्रम सम्पन्न भएको छ।

कालिकोट जिल्लाका स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा कर्णाली प्रदेश राजधानी सुर्खेतमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त आयोजनाको जम्मा लागत ९४ करोड ४९ लाख ९ सय १५ रुपैयाँ लाग्ने छ। यसको लम्बाइ २ हजार १ सय ३४ मिटर र उचाइ ८ सय २९ मिटर हुनेछ। कार्यक्रममा माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाही, भौतिक मन्त्री अमर बहादुर थापा, प्रमुख सचिव गणेश पाण्डे, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर सर्पराज खड्का,सदस्य दीपेन्द्र रोकाय कालिकोटका ९ वटै स्थानीय तहका प्रमुखको उपस्थित थियो।

यो आयोजना सञ्चालनमा आएपछि जनताले यातायातको सेवा पाउनुका साथै पर्यटन क्षेत्रको विकास प्रवर्द्धन भई जनताको आर्थिक अवस्था परिवर्तन हुनेछ।