४० लाखको अवैध सामानसहित तीन अभियोगमा ६ जना पक्राउ

सुर्खेत । निलो रंगको लेपिस नामको ढुङ्गा जस्तो देखिने खनिज पदार्थसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले भेरीगंगा नगरपालिका–१० तालवारीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–३ का २८ वर्षीय धनिराम सुनार, लेकवेशी नगरपालिका–५ का २९ वर्षीय धिरेन्द्र शाही, वीरेन्द्रनगर–१२ का ५२ वर्षीय हर्कबहादुर सुनार र बनगाड कुपिण्डे नगरपालिका–९ सल्यानका ५५ वर्षीय भिमसेन भन्ने भिउसने बुढा छन् ।

खनिज पदार्थ ओसार पसार गरि ल्याई आईरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । उनकाअनुसार ‘मोटरसाईकल रोकी पैदल हिडेका र मोटरसाईकलमा भएका उनीहरुलाई चेक जाँच गर्दा बुढाले लगाएको पाईन्टको पकेटमा लेपिस लुकाइएको भेटियो,’ प्रवक्ता घर्तीले भने, ‘खान तलासी गर्दा लेपिस नामको ढुङ्गा जस्तो देखिने खनिज पदार्थ १४० ग्राम फेला परेको छ ।’

प्रहरीले उनीहरुले प्रयोग गरेको भे ४ प ९३३२ नम्बर मोटरसाईलक समेत नियन्त्रणमा लिएको छ । बरामद गरिएको खनिज पदार्थ भने आवश्यक कारबाहीको लागी खनिज तथा भुगर्भ कार्यालय वीरेन्द्रनगर पठाइएको छ ।

४० लाखको अवैध सामग्री नियन्त्रण
ईलाका प्रहरी कार्यालय छिन्चुले झण्डै ४० लाख बराबरको अवैध सामग्री नियन्त्रणमा लिएको छ । काठमाडौंबाट जुम्ला जाँदै गरेको ना ६ ख ६३६८ नम्बरको बसमा विभिन्न प्रकारका अवैध मालसामानहरु राखिएको विशेष सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

छिन्चु बजारमा बस चेकजाँच गर्दा करिब ४० लाख २६ हजार ५३३ रुपैयाको अबैध मालसमान बरामद गरी राजश्व अनुसन्धान कार्यालय कोहोलपुर बाँकेमा पठाईएको प्रवक्ता घर्तीले जानकारी दिए ।

उनकाअनुसार चेक अनादार मुद्दामा सुर्खेत अदालतले फैसला सुनाएका चौकुने गाउँपालिका–१० का ३८ वर्षीय नविनकुमार बमलाई पक्राउ गरेको छ । अदालतको फैसलामा बमलाई तीन महिना कैद र तीन हजार जरिवना तोकिएको छ । वीरेन्द्रनगर नगरपालिका–६ बाट पक्राउ परेका बमलाई अदालतमा उपस्थिति गराइएको छ ।