परिक्षा बिग्रिएपछि एक यूवतीले झुण्डिएर गरिन आत्महत्या

सुर्खेत । विविएस प्रथम वर्षको परिक्षा बिग्रिएपछि एक यूवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । जल तथा मौसम विज्ञान कार्यालयको भवन सुर्खेतमा पञ्चपुरी नगरपालिका ८ की २० वर्षीय विमला कँडेलले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार मृतक कँडेल जल तथा मौसम विज्ञान कार्यालयको भवन हेरालु (चौकीदार) कृष्णा ढकालसँग बस्दै आएकी थिइन् । मृतक कँडेलले परिक्षा विग्रिएपछि आत्महत्या गरेको सु–साइट नोटमा उल्लेख छ

घटना सम्बन्धी थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक शाहीले बताए । आइतबार दिउँसो २ बजे झुण्डिएको अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार हाल उक्त जल तथा मौसम विज्ञान कार्यालय सञ्चालनमा आएको छैन भने बाँकेको कोहलपूरबाट सेवा प्रवाह गर्दै आएको छ ।