कर्णाली सरकारले भदौ ४ गते सार्वजनिक विदा दिने

सुर्खेत । कर्णाली सरकारले प्रदेश स्थापना दिवस भन्दै भदौ ४ गते सार्वजनिक विदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनाअनुसार त्यस दिन सरकारी कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तीय संस्थाहरु बन्द रहनेछन् ।

मन्त्रालयको सूचनामा भदौ ४ गतेलाई प्रदेश स्थापना दिवस तथा सहिद दिवस समेत भनिएको छ । कर्णाली प्रदेश प्राप्तिका आन्दोलनमा ४ जनाको ज्यान गएको थियो । उनीरुको सम्झनामा प्रदेश स्थापना तथा सहिद दिवस मनाउने गरिएको हो ।

कर्णाली सरकारले यस वर्ष कृष्ण अष्टमी र असोज शुक्ल पूर्णिमामा पनि सार्वजनिक विदा दिने भएको छ ।