कालिकोटको घटनालाई छानबिन गरि दोषीलाई कार्बाही गर्न सामाजिक अभियान्ता सुनारको माग

सुर्खेत । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा ६ दाहाको गोराल बाडामा १६ बर्षिय बालिकाको शव मकै बारिमा भेटिएको घटनाको अनुसन्धान गरी दोषीलाई कार्बाही गर्न सामाजिक अभियान्ता युवा नेता तीर्थ सुनारले माग गरेका छन् ।

रत्ने बिककी १६ बर्षिया छोरी निरु विश्वकर्माको शव गएको भाद्र ७ गते आफ्नै घर नजिक मकैबारीमा फेला परेको थियो । उक्त घटना बलात्कार पछि हत्या भएको आशंका गरिएको हुदा घटनामा संलग्न दोसीलाई कार्बाहीको माग गरेको गरेका छन् ।

उक्त घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन् । उक्त घटनाका दोषीलाई ढाकछोप गर्न खोजेमा आन्दोलनमा जाने सुनारले बताए ।