कालिकोटमा जिप दुर्घटना हुँदा एकको मृत्यू, ११ घाईते

कालिकोट । कर्णाली करिडोरको आम्तडामा आज जिप दुर्घटना हुदाँ चालकको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । कर्णाली करिडोर अन्र्तगत आम्तडामा क १ ज २३ नम्बरको जिप दुर्घटना भएको थियो ।

मानसरोवर रारा यातायातको उक्त जिप दुर्घटनामा परि सान्नी त्रिवेणी गाउँपालिका वडा नं। १ का विक्रम गिरीको मृत्यु भएको हो । घटनामा परि ११ जना घाइते भएको र घाइतेलाई उपचारको लागी जिल्ला अस्पताल ल्याउन थालिएको प्रहरीले बताएको छ । घाईतेहरुको पुर्ण विवरण आउन बाँकी छ ।