बलात्कारकाे आराेप लागेका मन्त्री  शाहीलाई बर्खास्त गर्न माग गर्दै सुर्खेतमा विरोध प्रदर्शन

सुर्खेत । बलात्कारको आरोप लागेका कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न माग गर्दै सुर्खेतमा विरोध प्रदर्शन भएको छ । राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघ सुर्खेतले विरोध प्रदर्शन गर्दै ¥याली निकालेका हुन् । वीरेन्द्रनगर बजार परिक्रमा गरि कोणसभामा परिणत भएको थियो ।

बलात्कारको आरोप लागेका शाहीलाई बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र एमालेनिकट विद्यार्थी संघ, संगठनले सरकारको विरोध गर्दै प्रर्दशनमा उत्रिएका हुन् । मन्त्री शाहीमाथि बलात्कारको आरोप लागेकाले राजिनामा दिनुपर्ने उनीहरुको भनाई छ ।

यस्तै हिजो कर्णालीका विभिन्न नौवटा नागरिक संघ संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै मन्त्रीमाथि बलात्कारको आरोप लागेपनि चुपचाप बसेको भन्दै आलोचना गरेका थिए । साथै उनीहरुले सरकारको धारणा सार्वजनिक गर्न पनि माग गरेका थिए ।

दुई वर्षअघि सांसद रहेका शाहीले एक महिलालाई बलात्कार गरेको घटना गएको हप्ता सार्वजनिक भएको थियो । घटना सार्वजनिक भएपछि मन्त्री शाहीले राजीनामा दिनुपर्ने माग चर्कोसँग उठेको छ ।