प्रदेश अस्पतालको सेवालाई प्रभावकारी बनाउन विहान ९ बजेदेखी साँझ ४ बजेसम्म सेवा शुरु

सुर्खेत । कर्णाली प्रदेश अस्पतालले सेवालाई प्रभावकारी बनाउन दैनिक विहान ९ बजेदेखी साँझ ४ बजेसम्म सेवा प्रवाह शुरु गरेको छ ।

विरामीहरुको बढ्दो भीडलाई मध्यनजर गर्दै अस्पतालले प्रभावकारी सेवाका लागि समय तय गरेको हो । यसअघि १० बजेबाट अस्पतालका ओपीडीतर्फका सेवा शुरु गरिएको अस्पतालका प्रवक्ता डाः विकास केसी बताए ।

समयावधि थपसँगै सेवाग्राहीहरुलाई छिटो र प्रभावकारी सेवा प्रदान गर्न अस्पताल परिवार गम्भीर रहेको डाः केसीले बताए । उनकाअनुसार ९ बजेबाट शुरुभएका सेवाहरुमा सर्जरी, डेण्टल, अर्थो, बालरोग, हाडजोर्नी, जनरल, सर्जरी लगायतका छन् ।

साँघुरो ठाउँबाट सेवा प्रवाह गर्दै आएको अस्पताल नयाँ भवनमा सरेसँगै सेवाग्राहीहरुलाई सेवा दिन सहज भएको अस्पतालले जनाएको छ ।