काठमाडौँ । काठमाडौँका विभिन्न ठाउँ बाढीले डुबाएको छ । गएरातिदेखि परेको पानीले खोला किनारका बस्ती डुबानमा परेका हुन् । शंखमुल पार्क, बालाजुको नेपालटारको तल्लो क्षेत्र, बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कालिमाटीको तरकारी बजार क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र डुबानमा परेका छन् ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार गुहेश्वरीतिर, मनमैजू, कुलेश्वरका, कालीमाटी घरहरूमा पानी पसेको बताए । उनका अनुसार बाढीले मानवीय क्षति भने भएको छैन ।
त्यस्तै बाढीले ३८२ घर डुबानमा परेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले इकागजलाई जानकारी दिए । उनका अनुसार १३८ जनालाई उद्धार गरिएको छ ।
ए.के. सञ्चार । २१ भाद्र २०७८, सोमबार ०९:३६