काठमाडौं । गृह मन्त्रालयले यस वर्षको दशैँको शुभसाइत सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट प्राप्त पत्रको आधारमा गृहका उपसचिव भीमकान्त शर्माले शुभसाइत सार्वजनिक गरेका हुन् । उनका अनुसार टीकाको साइत २९ असोज १० बजेर २ मिनेटमा रहेको छ ।
दशैँसँग सम्बन्धित साइतहरू :
२१ असोज बिहीबार( नवरात्र आरम्भ, घटस्थापना बिहान ११:४६ बजे
२२ असोज शुक्रबार( झण्डा फेर्ने, बिहान ११:५६ बजे ९पश्चिम मोहडा)
२५ असोज सोमबार( श्री पचलीभैरव यात्रा
२६ असोज मंगलबार( फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७:११ बजे स्थिरासन बिहान ८:४४ बजे
२७ असोज बुधबार( महाअष्टमी, कालरात्रि
२८ असोज बिहीबार( महानवमी
२९ असोज शुक्रबार (विजया दशमी, देवी विसर्जन बिहान ८:१९ बजे टीका (बिहान १०स्२ बजे श्री तुलजाभवानी यात्रा (बिहान ७स् १ बजे स्थिरासन (बिहान ८:३२ बजे, खड्गयात्रा
२ कात्तिक मंगलबार( अखिल बलिपूर्ति
२ कात्तिक मंगलबार( कोजाग्रत व्रत
ए.के. सञ्चार । १५ आश्विन २०७८, शुक्रबार १३:४४