‘फेसियल हाउस’ को नयाँ शाखा सञ्चालनमा

सुर्खेत । काठमाडौंमा रहेको ख्यातिप्राप्त फेसियल हाउसको शाखा सुर्खेतमा बिहिबार देखि सञ्चालनमा आएको छ । सुर्खेतका युवा व्यावसायीहरू विशाल ढकाल, उपेन्द्र खडका, डम्मर गौतम सहितको टिमले उक्त हाउसको शाखा सञ्चालनमा ल्याएका हुन् ।

शाखाको आज असोज २१ गते घटस्थापनाको दिन पारेर सौन्दर्यबिद सुषमा महराबाट उद्घाटन भएको छ । करिब १३ वर्ष देखि काठमाडौं, पोखरा लगायतका ठाउँबाट सेवा दिईरहेको चर्चित फेसियल हाउसको शाखा वीरेन्द्रनगर–६ को न्यूरोडबाट सञ्चालनमा आएको हो ।

शाखाका सञ्चालक विशाल ढकालले उच्च प्रविधिको फेसियल हाउस कर्णालीमा नभएको भन्दै सुर्खेतका नागरिकहरुका लागि सम्बन्धि रिसर्च सहितको व्यावस्था गरि उपयुक्त र गुणस्तरीय रुपमा सेवा दिन उक्त फेसियल हाउस सञ्चालनमा ल्याएको बताए ।

शाखाबाट हेयरकटिङ्ग, कलरिङ्ग, टाटु रिमूभर लेजर मेसिन, हेयर, ब्यूटि र स्किन केयर मेसिन, कृतिम परेला प्रत्यारोपण, जेल नेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन, डेड लक, मेडिकेयर, पेडिकेयर जस्ता नयाँ पुस्तामा प्रचलित विभिध प्रकारका प्रविधिहरु उपलब्ध हुँने छन् ।