कर्णाली उत्सवको तेस्रो संस्करण आजबाट सुरु

सुर्खेत । सुर्खेतको बुलबुले उद्यानमा आजबाट कर्णाली उत्सवको तेस्रो संस्करण सुरु भएको छ । ऋति फाउण्डेशनको आयोजनामा आजदेखि तीन दिनसम्म कर्णाली उत्सव संचालन हुने छ । तिन दिनमा चल्ने उत्सवमा विभिन्न १२ वटा सत्र संचालन हुनेछन् ।

उद्घाटनको पहिलो दिन आज कर्णाली भेरी सुसेल्दो छ र बजार विकास, हजार निकास गरी दुईवटा सत्र संचालन हुनेछन् ।

कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यले फाउण्डेशनले विभिन्न संघसंस्थाको समन्वय तथा सहकार्यमा हरेक वर्ष कर्णालीका विविध विषयमा बहस गर्न कर्णाली उत्सवको आयोजना गर्दै आएको छ । कर्णाली उत्सवको कर्णाली प्रदेशका सभामुख राज बहादुर शाहीले उद्घाटन गरेका हुन् ।

आज सोफिया थापाको छाउपडीसम्बन्धी गीत विमोचन, ‘खस भाषाको लहरो’ शीर्षकमा प्राध्यापक दिनेशराज पन्तले विद्वत प्रवचन दिने कार्यक्रम रहेको छ । कर्णालीका नारा दिएर उत्सव तेस्रो संस्करण हो ।