रसायन शास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई

काठमाडौं : रसायन शास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार दुईजना वैज्ञानिक संयुक्तरुपमा दिने निर्णय गरेको छ। जर्मनीका बेन्जामिन लिस्ट र अमेरिकाका डेभिड डब्ल्यू सी म्याकमिलनलाई दिने घोषणा बुधवार गरिएको छ।

बेन्जामिन लिस्ट र डेभिड डब्लु सी म्याकमिलनलाई ‘असिम्याट्रिक अर्गानोक्याटालाईसिस’ सिद्धान्त प्रतिपादन गरेकोले पुरस्कार प्रदान गर्ने निर्णय गरेको द रोयल स्विडिस एकेडेमी अफ साइन्सले जनाएको छ।

लिस्ट जर्मनीको म्याक्स प्ल्यांक विश्वविद्यालयका निर्देशक हुन् भने म्याकमिलन अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका प्रोफेसर हुन्।

अर्गानोक्याटालाइसिस द्रुत गतिमा विकसित भइरहेको छ। यी प्रतिक्रियाहरूको उपयोग गरेर अनुसन्धाताहरूले नयाँ औषधिदेखि सोलार सेलमा प्रकाश सोस्ने मोलिक्युलसम्म बनाउन सकिन्छ।

यसले मोलिक्युलर निर्माणलाई नयाँ स्तरमा पुर्‍याएको छ। यसले गर्दा रसायनशास्त्र थप हरित बनेको छ अनि एसिमेट्रिक मोलिक्युल बनाउन थप सहज बनाएको छ।