सुर्खेतमा नक्कली टिकटको विगविगी, दुई जना पक्राउ

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सिटी बसपार्कमा नकक्ली टिकटको बिकबिकी बढेको छ । देउती नागरि यातायातको नाममा टिकट बेच्दै हिडेका दुई जनालाई रङ्गे हात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ का सन्जु सुनार र दैलेख आठविस नगरपाकिलाले प्रकाश शाहीलाई नक्कली टिकट काटिरहेको अवस्थामा पक्राउ गरिएको हो । देउती नागरिकको कर्मचारी हो भन्दै सर्वसाधारणलाई ठगी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ ।

उनीहरुबाट प्रहरीले नक्कली टिकटको ठेली बरामद गरेको छ । उनीहरुले काटेको नक्कली टिकटमा सुर्खेतदेखि कालिकोट मान्मसम्मका लागि १८ सय ५० र सुर्खेतदेखि जुम्लासम्मका लागि दुई हजार भाडा दर नक्कली टिकटमा उल्लेख छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।