लादेमा फाेर्स गाडी दुर्घटना, २ जनाकाे मृत्यु ५ घाइते

सुर्खेत । दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको फोर्स गाडी सुर्खेत–दैलेख सडक खण्डको लादेमा दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते छन् । वेस्ताडाबाट सुर्खेततर्फ आउँदै गरेकाे कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको फोर्स गाडी लादेमा दुर्घटनाहुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे छ ।

दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छैन् । घाइते पाँच जनामध्ये एक जनाको अवस्था गम्भीर छ । अन्यको अवस्था सामान्य रहेको र घाईते सबैको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुलेको छैन् । विपरित दिशाबाट आइरहेको गाडीलाई साइट दिने क्रममा फोर्स गाडी सडकको नालातर्फ ठोक्कीएको प्रहरीले जनाएको छ ।