कर्णाली प्रदेश अस्पतालमा बिहान ७ बजे देखि नै विशेषज्ञ सेवा सुरु

सुर्खेत । कर्णाली प्रदेश अस्पतालले विराामीहरुलाई सहज र सरल सेवा पु¥याउने उदेश्यले कार्तिक १ गते देखि शनिवार बाहेक हप्ताको ६ दिन विहान ७ बजे देखि ९ बजे सम्म विशेषज्ञ सेवा सुरु गरेको छ ।

विहानको समयमा विशेषज्ञ सेवा लिन आउने विरामीहरुको लागि भने विशेषज्ञ सेवा शुल्क बापत प्रत्येक ब्यक्तिले ओपिडि कार्ड सहित रु ४ सय तिर्नु पर्ने प्रदेश अस्पतालका निर्देशक प्रा.डा.डम्वर खड्काले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समयमा प्रदेश अस्पतालप्रतिको जनविश्वास बढ्दो भएकोले टाढा टाढाबाट उपचारको लागि आएका विरामीहरुलाई अस्पतालले आफ्नो अफिसियल समयमा दिने सेवाले मात्रै धान्न नसकिने भएकोले र संस्थाप्रतिको विश्वासलाई अझ मजबुत बनाउनको लागि विरामीहरुको सेवा गर्न यो अतिरिक्त समयमा पनि विशेषज्ञ सेवालाई संचालनमा ल्याइएको हो ।

अस्पताल भित्र दिइने अतिरिक्त विशेषज्ञ सेवा नेपालको अन्य अस्पतालहरुमा सञ्चालन भएको भए पनि कर्णाली प्रदेश अस्पतालमा भने पहिलो पटक हो । यो भन्दा अगाडी मेडिकल अधिकृतको नेतृत्वमा संचालन गर्न खोजिएको भए पनि त्यसलाई प्रभाबकारी बनाउन नसकिएकोले यो पटक विशेषज्ञ सहितको सेवा अस्पतालबाट नै दिन लागिएको अस्पतालका निर्देशक प्रा.डा.खड्को भनाई छ ।

महंगो शुल्क तिरेर विरामीहरुले अस्पतालबाट बाहिर जानु नपरोस् भन्ने हेतुले अस्पतालले अतिरिक्त सेवा संचालन गरेको प्रा.डा.खड्काले बताए ।

अस्पतालले दिइने अतिरिक्त सेवामा बालरोग, मेडिसिन,सर्जरी, स्त्री तथा प्रसुति रोग, हाड जार्नी तथा नसा रोग, नाक कान घाटी रोग, छाला सौन्दर्य तथा यौन रोग, मानसिक रोग, लगायतका विभिन्न रोगहरु रहेका छन् ।

क्याबिनमा बसेर तत्काल सर्जरी अप्रेशन सेवा लिन चाहेमा ५० प्रतिशत अतिरिक्त शुल्क तिरी सेवा लिन सकिने अस्पतालले जानकारी दिएको छ ।